June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • जनमोर्चाले जितेको झिमरुकमा कांग्रेस–माओवादीबीच तालमेल
गन्तव्य नेपाल


0 प्रतिक्रिया

जनमोर्चाले जितेको झिमरुकमा कांग्रेस–माओवादीबीच तालमेल

२ महिना अगाडि

५ वैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीबीच मात्रै तालमेल हुने भएको छ । गत २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चा विजयी भएको झिमरुकमा गठबन्धनका दुई दलले मात्रै तालमेल गर्ने निर्णय गरेको कांग्रेस र माओवादीले आज संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । कांग्रेस–माओवादीले मात्रै तालमेल गरेपछि यो गाउँपालिकामा जनमोर्चा एक्लिएको छ ।
सहमतिअनुसार माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वडा तहमा पनि दुवै पार्टीले सहमतिका आधारमा बाँडफाँड गर्ने निर्णय भएको छ । वडा तहमा वडाध्यक्ष जुन पार्टीलाई भाग पर्छ सोही पार्टीको चिह्न लिएर चुनावमा जाने सहमति भएको छ । गठबन्धनमा रहेका जनमोर्चालगायतका अन्य दलहरूसँग पटकपटक छलफल गर्दा पनि सहमति नभएपछि दुई पार्टीबीच मात्रै साझा उम्मेदवार तय गर्ने निर्णय भएको कांग्रेस र माओवादीले जनाएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.