July 4, 2022, Monday
1:37:26 pm

Trending
  • पर्यटन
  • टूर्गानद्धारा टूरिष्ट गाईड लाईसेन्स चेकिङलाई तिब्रता
गन्तव्य नेपाल


0 प्रतिक्रिया

टूर्गानद्धारा टूरिष्ट गाईड लाईसेन्स चेकिङलाई तिब्रता

३ महिना अगाडि


बैशाख ७, काठमाण्डौ । टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)ले पर्यटक प्रहरीसँगको सहकार्यमा आजदेखी बृहत लाईसेन्स चेकिङ कार्यलाई तिब्रता दिएको छ ।
कोरोनापछि शिथिल बनेको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान बन्ने क्रम सुरु भएसँगै पाटन, भक्तपुर, पशुपति, स्वयम्भु, बौद्ध र काठमाण्डौ दरबार स्क्वायर लगायतका पर्यटकीय क्षेत्रमा लाईसेन्स चेकिङ कार्यलाई तिब्रता दिईएको हो । टूर्गानका अध्यक्ष बद्री नेपालले सम्पूर्ण टूरिष्ट गाईडहरुलाई लाईसेन्स अनिवार्य साथमा लिएर मात्र पर्यटकहरुलाई दृश्यावलोकन कार्य गर्न गराउन अनुरोध गरे । यसका साथै पर्यटक सम्बद्ध सम्पूर्ण ट्राभल, ट्रेकिङ व्यावसायी तथा कम्पनीहरुले पनि बैधानिक लाईसेन्स प्राप्त टूरिष्ट गाईडहरुलाई मात्र पथप्रर्दशनको लागि अनुबन्धीत गर्न आग्रह समेत गरेका छन ।
पर्यटक प्रहरी प्रमुख तर्कराज पाण्डेले कोरोनापछिको शिथिल बनेको पर्यटन व्यावसायलाई उकास्न पर्यटकीय स्थलहरुमा अनाधिकृत कार्यहरुलाई निरुत्साहित गर्दै अगाडी बढ्नु जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1

Advertisement

Leave a Reply

Your email address will not be published.