November 27, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी

७ महिना अगाडि

बैशाख ७, काठमाण्डौ । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ । आज मध्यान्हदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ । आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ । गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन । जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका छन्। अन्यत्र भने लगभग भागबन्डा मिलेको स्रोतको दाबी छ । ११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको छ । नेकपा माओवादी केन्द्रले घोराही र जितपुर–सिमरा पाउनेबारे छलफल भएको थियो भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ । छ महानगरको भागबन्डा भने मिलिसकेको छ । काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.