December 8, 2022, Thursday
1:37:26 pm

Trending
  • राजनीति
  • भारतले कोशी सडक नबनाएको भन्दै सीमावर्ती क्षेत्रका बासिन्दाद्वारा प्रदर्शन
गन्तव्य नेपाल


0 प्रतिक्रिया

भारतले कोशी सडक नबनाएको भन्दै सीमावर्ती क्षेत्रका बासिन्दाद्वारा प्रदर्शन

८ महिना अगाडि

७ वैशाख, सप्तरी । कोशी सम्झौता गरेको भारत सरकारले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् । कोशी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जीर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले बुधबार बिहान प्रदर्शन गरेका हुन् । वडा अध्यक्ष उमेश यादवको अगुवाइमा उनीहरुले प्लेकार्डसहित नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार राति भएको वर्षाका कारण हिलाम्य सडकमा उनीहरुले प्रदर्शन गर्दै कोशी सम्झौता खारेजको माग गरेका छन् ।

Advertisement

‘या त यो बाटो निर्माण गरियोस्, या त सम्झौता नै खारेज गरियोस, वडा अध्यक्ष यादवले भने, ‘सम्झौता अनुरुप सडक बनाउने काम भारत सरकारको हो । तर बनाइरहेको छैन ।’

उनले बरु सम्झौता खारेज गरिदिए आफूहरु नै मिलेर सडक बनाउने बताए । ‘गर्मीमा धूलो र बर्षामा हिलोका कारण हामीलाई समस्या भइरहेको छ’ वडा अध्यक्ष यादवले भने, ‘धूलोका कारण गाउँका मानिस बिरामी हुन थालेका छन् ।’

स्थानीय सडक मर्मतको माग गर्दै प्रदर्शन गरिरहँदा पुगेका प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ ले यसबारे नेपाल तथा भारतीय अधिकारीसँग कुरा गर्ने बताएपछि उनीहरुले आन्दोलन टुंग्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.