June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • पर्यटन
  • गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गबाट उडान–अवतरण सुरु
गन्तव्य नेपाल


0 प्रतिक्रिया

गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गबाट उडान–अवतरण सुरु

२ महिना अगाडि

८ वैशाख, काठमाडौं । निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान÷अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो । यस्तो रिर्पोटका आधारमा उडान÷अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधि ४२ दिनको राखिएको हुन्छ ।
सोही अनुसार नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । अब यो विमानस्थलमा आन्तरिक तथा बाहृय सबै प्रकारका जहाजले उडान तथा अवतरण गर्न सक्छन् । बिहीबार बिहान यति एयरलाइन्सको जहाज नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको छ ।

Advertisement

धावनमार्ग सञ्चालनमा ल्याएसँगै विमानस्थलको सबे प्रणाली सक्रिय बनेको छ । यद्दपी यो विमानस्थलको उद्घाटन भने आगामी २ जेठका दिन पर्ने बुद्ध जयन्तीमा गर्ने तयारी छ ।

यो दिन जजिरा एयरवेजले कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्नेछ । गौतमबुद्ध विमानस्थल नेपालको सबैभन्दा छिटो सम्पन्न भएको राष्ट्रिय गौरवको आयोजना बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.