December 3, 2022, Saturday
1:37:26 pm

Trending
  • समाचार
  • ललितपुर विष्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

ललितपुर विष्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो

८ महिना अगाडि

८ वैशाख, काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो । बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको थियो । घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । थप चार जना घाइते थिए । घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो । उनलाई पाटन अस्पतालले मृत घोषित गरेको शाहले अनलाइनखबरलाई बताए । उनका अनुसार अस्पतालले अन्य घाइतेहरुलाई डिस्चार्ज गरिसकेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.