December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको परिवारलाई तत्काल राहत दिन्छौं : दिलेन्द्रप्रसाद बडु, मन्त्री उद्योग बाणिज्य
गन्तव्य नेपाल


0 प्रतिक्रिया

अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको परिवारलाई तत्काल राहत दिन्छौं : दिलेन्द्रप्रसाद बडु, मन्त्री उद्योग बाणिज्य

८ महिना अगाडि

८ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अक्सिजन प्लान्टमा विस्फोटमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने बताएका छन् । बिहीबार दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका मन्त्री बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताएका हुन् । उनले विस्फोटमा परी घाइते भएकाहरुलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाए । मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए । उनले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताए । मन्त्री बडूले घाइतेहरु सबैले तत्काल उपचार पाउनुपर्ने भन्दै यस बारेमा सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.