July 4, 2022, Monday
1:37:26 pm

Trending
  • उड्डयन
  • अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने
गन्तव्य नेपाल


0 प्रतिक्रिया

अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने

२ महिना अगाडि

९ वैशाख, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई यात्रुको चाप बढ्दै जाँदा विमानस्थलहरुलाई समेत पूर्ण क्षमतामा चलाउने निर्णय भएको हो । पछिल्लो केही महिनायता प्रतिकूल मौसमले विमानस्थल प्रभावित हुँदा उडान÷अवतरण प्रभावित भएको छ । जसले उडानहरु रातको समयमा बढी धकेलिने गरेका छन् ।
कतिपय अवस्थामा वायुसेवा कम्पनीहरुले राती अबेर उडानहरु रद्द गर्दा काठमाडौं तथा अन्य विमानस्थलहरुमा यात्रु अलपत्र समेत पर्ने गरेका छन् । नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट अनौपचारिक सञ्चालनमा आइसकेको छ । यहाँ आन्तरिक उडान शुरु भएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.