December 5, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • कांग्रेस सल्यानले ग¥यो तीन नगरमा मेयर/उपमेयरका लागि उम्मेदवार सिफारिस
गन्तव्य नेपाल


0 प्रतिक्रिया

कांग्रेस सल्यानले ग¥यो तीन नगरमा मेयर/उपमेयरका लागि उम्मेदवार सिफारिस

८ महिना अगाडि

बैशाख ९, काठमाण्डौ । नेपाली कांग्रेस सल्यानले जिल्लाका तीन नगरपालिकाका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । कांग्रेस सल्यानले प्रदेश कार्यालयमा तीन नगरपालिकाका प्रमुख र उपप्रमुख नाम सिफारिस गरेको हो ।
सिफारिस अनुसार शारदा नगरपालिकाको मेयरमा प्रकाश भण्डारी, सावित्रा बस्नेत र सचेत शाहको नाम सिफारिस गरिएको छ। त्यस्तै, उपमेयरमा ज्ञानु अधिकारी, सुस्मिता सापकोटा र चन्द्रीका हमालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, बागचौर नगरपालिकाको मेयर पदका लागि जनकराज गौतम, प्रमिला चन्द र डिलबहादुर वलीको नाम सिफारिस गरिएको छ। यहाँ उपमेयरका लागि भौम गौतम न्यौपाने, दीपा बस्नेत र सुशीला केसीको नाम सिफारिस गरिएको छ । त्यस्तै, जिल्लाको अर्को नगरपालिका वनगाड कुपिन्डेको मेयरका लागि दीपेन्द्र विष्ट र सुन्दरा शाहीको नाम सिफारिस गरिएको छ भने उपमेयरका लागि पुरूषोत्तम आचार्य, उषा राना र रीता वलीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टले जानकारी दिए ।

Advertisement

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले जिल्लाले सिफारिस गरी पठाएका नामहरूबाटै उम्मेदवार छनोट गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.