July 3, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • एमालेले रुपन्देहीका ५ नगरपालिकामा उम्मेदवार उम्मेदवार टुंग्यायो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एमालेले रुपन्देहीका ५ नगरपालिकामा उम्मेदवार उम्मेदवार टुंग्यायो

२ महिना अगाडि

११ वैशाख, बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ नगरपालिकाको मेयर र उपमेयर उम्मेदवारको टुंगो लगाएको छ । तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा मोहन चापागाई र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको छ । यस्तै सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना रानालाई नै दोहो¥याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए । त्यसैगरी देवदह नगरपालिका प्रमुखमा धु्रव खरेल र उप प्रमुखमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन् भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् । देवदहमा यस अघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो । सिद्धार्थनगर नगरपालिकामा डा. रामप्रसाद बस्याल प्रमुख र उमा अधिकारी उपप्रमुख उम्मेदवार हुने भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा रमावती यादव नगर प्रमुख र कल्पना हरिजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ । रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी हुन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.