June 29, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • गैंडाकोटको मेयरमा एमालेबाट पुनः पौडेल उम्मेदवार, उपमेयर टुंगो लागेन
गन्तव्य नेपाल


0 प्रतिक्रिया

गैंडाकोटको मेयरमा एमालेबाट पुनः पौडेल उम्मेदवार, उपमेयर टुंगो लागेन

२ महिना अगाडि

११ वैशाख, चितवन । नेकपा एमालेले गैंडाकोट नगरपालिकाको मेयरमा पुनः छत्रराज पौडेललाई उठाउने निर्णय गरेको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको नेकपा एमाले गैंडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले जानकारी दिए । पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गैंडाकोट नगरपालिकाको मेयरमा विजयी भएका थिए । उनले केही दिन अगाडि मेयर पदबाट राजीनामा दिइसकेका छन् । एमालेबाट मेयर पदका लागि जिल्ला उपसचिव यमुनाथ आचार्य, जिल्ला सदस्य गोपालप्रसाद गौतम र छत्रराज पौडेलको नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाइएको थियो । उपमेयरको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । नेकपा एमाले र अन्य दलहरुबीच गठबन्धनको प्रयास भैरहेकाले उपमेयर पदको टुंगो नलागेको हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.