June 28, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल, यस्तो छ भागबण्डा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल, यस्तो छ भागबण्डा

२ महिना अगाडि

१२ वैशाख, तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको छ । १० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख पाएको छ । एमालेले देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख र उपप्रमुख लिएर व्यास नगरपालिकाको मेयर, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र भानु नगरपालिकामा उपप्रमुख जोशी समूहलाई दिएको छ । जोशी समूहले व्यास नगरपालिकाको मेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ भने भागबण्डामा परेका पालिकाको उपप्रमुखको टुंगो लगाएको छैन । भागबण्डा मिलसँगै एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा र उपाध्यक्षमा सावित्री न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

Advertisement

एमालेले म्याग्देको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरे, शुक्ला गण्डकीको मेयरमा मुक्ति तिमिल्सिना र उपमेयरमा फूलमाया वाग्ले, भिमादको मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाल, घिरिङको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । एमालेले ऋषिङको अध्यक्षमा हरिराज कँडेललाई बनाउने भएको छ भने उपाध्यक्षको टुंगो लगाएको छैन । एमालेले आफ्नो भागमा परेको आँबुखैरेनीको अध्यक्षमा ऋषि केसी उपाध्यक्ष, बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापा, भानुको मेयरमा सीताराम बजगाईंलाई उम्मेदवार बनाउने भएको छ । एमालेले व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.