December 3, 2022, Saturday
1:37:26 pm

Trending
  • उड्डयन
  • काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा

७ महिना अगाडि

१३ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा परेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ । जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको आकासमा फन्को मारिरहेका छन् । आईएफआर उडान भएको समयमा भीएफआर प्रणालीमा जस्तो छिटो उडान÷अवतरण गराउन मिल्दैन । सोहीकारण जहाजहरुलाई होल्ड गराएर निश्चित समयमा एक÷एक जहाजलाई उडान तथा अवतरण गराइन्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.