December 7, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • पार्टीका सबै गुट उस्तै भए, राजनीति मेरो उपयुक्त फिल्ड रहेन : गुरुराज घिमिरे
गन्तव्य नेपाल


0 प्रतिक्रिया

पार्टीका सबै गुट उस्तै भए, राजनीति मेरो उपयुक्त फिल्ड रहेन : गुरुराज घिमिरे

८ महिना अगाडि

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले पार्टीमा बस्ने अवस्था नरहेको बताएका छन् । सक्रिय राजनीतिबाट बिदा लिने मनसायमा पुगेको पूर्वकेन्द्रीय सदस्य घिमिरेले बताए । ‘राजनीति मेरो लागि उपयुक्त फिल्ड भएन । पार्टीको एउटा गुटले ढोका थुनेको थियो’ घिमिरेले भने, ‘अर्कोले पनि ढोका थुनेपछि के गर्ने?’ पार्टीको संस्थापनइतरका नेता डा शेखर कोइराला निकट रहेका उनी उक्त समूहप्रति पनि असन्तुष्ट देखिए । ‘पार्टीमा मुल्य पद्धति छैन । राय परामर्श कसैको लिइँदैन’ घिमिरेले भने, ‘यस्तो भएपछि निस्क्रिय बस्नुको विकल्प बाहेक के रहृयो ?’ पार्टीमा रहेका सबै समूह उस्तै रहेको उनले आरोप लगाए । कार्यकर्तालाई अन्याय भयो भनि बोलिदिने नेता पार्टीमा नरहेको उनको निचोड छ । स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट अलग बस्न सक्ने उनले बताए । ‘केही निष्ठावान साथीहरूले टिकट पाउनुभएको छ । उहाँहरूलाई जिताउन लाग्छु । त्यसपछि केही निर्णय अवश्य लिन्छु ।’

Advertisement

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष रहेका घिमिरे प्रदेश १ को कांग्रेस सभापतिमा पराजय भोगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.