July 3, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमफको प्रक्षेपण
गन्तव्य नेपाल


0 प्रतिक्रिया

आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमफको प्रक्षेपण

२ महिना अगाडि

१३ वैशाख, काठमाडौं । बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो । यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । यद्दपी लक्ष्य अनुसार प्रगति भने प्राप्त नहुने सरकारले स्वीकार गरिसकेको छ ।
आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसतः ५.४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । एसियाका विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । पुरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । दक्षिण एसियाली भेगमा भारतले ८.२, बंगलादेशले ६.४, श्रीलंकाले २.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.