July 4, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर, एक वर्षमा बढ्यो १६ हजार रुपैयाँ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर, एक वर्षमा बढ्यो १६ हजार रुपैयाँ

२ महिना अगाडि

१५ वैशाख, काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७÷७८ मा प्रतिव्यक्ति आय १२३९ अमेरिकी डलर रहेको थियो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा भने प्रतिव्यक्ति आय ११५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार यस वर्ष आर्थिक वृद्धिदर सरकारले लिएको लक्ष्यको तुलनामा केही कम हुने गरि ५.८४ प्रतिशत कायम हुने देखिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.