December 5, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • चैतसम्म सरकारले उठायो २ खर्ब २२ अर्ब रुपैयाँ सार्वजनिक ऋण
गन्तव्य नेपाल


0 प्रतिक्रिया

चैतसम्म सरकारले उठायो २ खर्ब २२ अर्ब रुपैयाँ सार्वजनिक ऋण

७ महिना अगाडि

१६ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को चैत महिनासम्म २ खर्ब २२ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाएको छ । सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाएको छ । सरकारले माघपछि आन्तरिक ऋण परिचालन सुरु गरेको हो ।त्यसयता सरकारले १ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु आवमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य लिएको छ । यस अवधिमा बाहृय ऋण तथा अनुदान परिचालनमा समेत लक्ष्यअनुसार उपलब्धि भने हासिल हुन सकेको छैन । अर्थ मन्त्रालयको आकडा अनुसार ९ महिनाको अवधिमा अनुदानतर्फ ९ अर्ब ४६ करोड २० लाख र वैदेशिक ऋणमा १ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ प्राप्ति भएको छ । यस अनुसार चालु आवमा सरकारले कुल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ । वैदेशिक सहायतातर्फको अनुदानको हिस्सा ७.५१ प्रतिशत हो । अनुदानमा जापानबाट खानेपानी, दक्षिण कोरियाबाट शिक्षा, स्विट्जरल्याण्डबाट शिक्षा, एसियाली विकास बैंकबाट खानेपानी र शिक्षा तथा ग्रिन क्लाइमेट फण्डबाट वातावरणको क्षेत्रमा अनुदान आएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.