November 29, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • सशस्त्र प्रहरीको सरुवा बढुवा न्यायोचित बनाउँछु : महानिरीक्षक अर्याल
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सशस्त्र प्रहरीको सरुवा बढुवा न्यायोचित बनाउँछु : महानिरीक्षक अर्याल

७ महिना अगाडि

१९ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका छन् । सोमबार गृह मन्त्रालयमा दज्र्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उनले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने पनि बताएका छन् ।
संगठनको इन्ष्टिट्युसनल मेमरीलाई प्रविधियुक्त बनाउने र बिदा प्रणालीलाई डिजिटलाइज सिष्टममा लैजाने र आर्थिक पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको महानिरीक्षक अर्यालले बताए । उनले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको पनि बताए । महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको पनि बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.