December 9, 2022, Friday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • धनगढीका मेयर हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने
गन्तव्य नेपाल


0 प्रतिक्रिया

धनगढीका मेयर हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने

७ महिना अगाडि

८ जेठ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् ।
‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजनाहरु छन् तिनलाई समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौं,’ हमालले भने । उनले सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने कामलाई पनि पहिलो प्राथमिकता दिने बताए । ‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ । किनभने जबसम्म सचिवालय सुदृढीकरण हुँदैन, तबसम्म कुनै पनि योजनाहरु सही तरिकाले कार्यान्वयन हुँदैनन्’ उनले भने । अहिलेको सचिवालयलाई कसरी सुदृढ बनाउन सकिन्छ भनेर कार्यालय प्रमुख, विभिन्न शाखा प्रमुखहरुसँग छलफल गर्ने उनले जानकारी दिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.