December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध

७ महिना अगाडि

९ जेठ, पाल्पा। सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् । सडक पूर्णरुमा अवरुद्ध छ । सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन गरेर पहिरो पन्छाउने तयारी भएको प्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले जानकारी दिए । सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्ने उनको भनाई छ । सोही स्थानमा केही दिनअघि पनि सुख्खा पहिरो खसेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.