July 6, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

पोखरामा मतगणना स्थगित

१ महिना अगाडि

१० जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले अहिले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ । नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो । पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.