June 27, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

१ महिना अगाडि

१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.