July 4, 2022, Monday
1:37:26 pm

Trending
  • प्रवास
  • भारतको पञ्जावमा भ्रष्टाचार आरोपमा स्वास्थ्य मन्त्री बर्खास्त, केजरीवालले गरे तारिफ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

भारतको पञ्जावमा भ्रष्टाचार आरोपमा स्वास्थ्य मन्त्री बर्खास्त, केजरीवालले गरे तारिफ

१ महिना अगाडि

१० जेठ, काठमाडौं । भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरेका छन् ।एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री सिंगलालाई हटाएको मुख्यमन्त्री भगवन्त मानले बताएका छन् । ‘आम आदमी पार्टीको जन्म इमान्दार सिस्टम कायम राख्नलाई भएको हो,’ भगवन्तले भने, ‘अरबिन्द केजरीवालले आफ्ना हुन् वा पराय जो कोही भए पनि भ्रष्टाचारलाई कुनै पनि हालतमा माफ नगर्ने भन्दै आउनुभएको छ ।’ आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यमन्त्री भगवन्त मानको तारिफ गरेका छन् । ‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ,’ केजरीवालले ट्वीट गरेका छन् । बर्खास्तमा परेका सिंगलालाई पञ्जाव प्रान्तको एन्टी करप्सन ब्राञ्चले पक्राउ गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.