June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • विद्यार्थी संगठनले गरे आयल निगम घेराउ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

विद्यार्थी संगठनले गरे आयल निगम घेराउ

१ महिना अगाडि

११ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ र विपक्षी दलका विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् । निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल र विपक्षी दलका विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामा समेत माग गरेका छन् । आइतबार रातिदेखि लागु हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।
आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।
अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.