December 8, 2022, Thursday
1:37:26 pm

Trending
  • राजनीति
  • विवेकशील साझामा मिलन पाण्डेको कारबाही फिर्ताको तयारी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

विवेकशील साझामा मिलन पाण्डेको कारबाही फिर्ताको तयारी

७ महिना अगाडि

११ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाही फिर्ता गरिदिन मिश्रले पार्टी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् । मिश्रले आफ्ना कमजोरी र त्रुटिप्रति क्षमायाचना गर्दै भनेका छन्, ‘दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु ।’
दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका सबैलाई पुनः पार्टीमा फर्किएर सामेल हुनसमेत मिश्रले आग्रह गरेका छन् ।
मिश्रले प्रस्तुत गरेको दस्तावेजलाई लिएर पार्टीमा दुई लाइन संघर्ष देखिएपछि विवेकशील साझामा विवाद भएको थियो । मिश्रले दुई तिहाईले आफ्नो दस्तावेज पारित भएको घोषणा गर्दै विरोध गर्ने संयोजक पाण्डेलगायतका केन्द्रीय सदस्यहरूलाई कारबाही गरेका थिए ।

Advertisement

मिश्रको आग्रह बमोजिम कारबाही फिर्ता भए विवेकशील साझा पार्टीको नेतृत्वमा पाण्डे पुर्नस्थापित हुनसक्ने पार्टीका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.