December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित
गन्तव्य नेपाल


0 प्रतिक्रिया

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

६ महिना अगाडि

१२ जेठ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ ।
यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुव्र्यवहार गरेको फेला परेपछि झा दुई महिना निलम्बनमा परेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.