June 27, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • रूपन्देहीको आयल निगमको डिपो ट्यांकरमा आगलागी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

रूपन्देहीको आयल निगमको डिपो ट्यांकरमा आगलागी

१ महिना अगाडि

रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ । आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो । ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११ः४० मा लागेको आगो ११ः५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ । प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका एक जना हेल्पर घाइते छन । प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिए । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.