December 7, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब २९ करोडको कारोबार

६ महिना अगाडि

जेठ १३, शुक्रबार । शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ । यस दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १.१५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ । यद्यपि, यस दिन होटल तथा पर्यटन समूहको उपसूचक भने ०.०८ प्रतिशतले बढेको छ । १५ अंकले घटेको बजारमा आज २२३ कम्पनीका ४१ लाख ४० हजार कित्ता सेयर २१ हजार भन्दा बढी पटक किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.