December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • व्यास नगरपालिकामा फेरि मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश
गन्तव्य नेपाल


0 प्रतिक्रिया

व्यास नगरपालिकामा फेरि मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश

६ महिना अगाडि

१३ जेठ, पोखरा । तनहुँको ब्यास नगरपालिकाको फेरि मतगणना गर्न माग राख्दै मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले हालेको रिटमा उच्च अदालत पोखराले प्रतिवादीहरुसँग कारण मागेको छ । उच्च अदालतले पोखराले आज रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो त्यसको कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगसहितका विपक्षीहरुलाई आदेश दिएको हो । व्यास नगरपालिकाको मेयरमा जोशी नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेको १२ हजार ७८ मत आउँदा जोशीको ११ हजार ८२६ मत आएको थियो ।
जोशीले यसअघिको मतगणना बदर गरी दोहो¥याएर मतगणना गरिपाउँ भन्दै उच्च अदालतमा आयोग, न्यौपानेसहित ५ जनलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.