July 3, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण
गन्तव्य नेपाल


0 प्रतिक्रिया

चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण

१ महिना अगाडि


१५ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो । परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भएपनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको डा. अधिकारीले बताए । हाल मुलुकमा जम्मा करिव ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Advertisement

Leave a Reply

Your email address will not be published.