July 4, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएकालाई मासिक ५ हजार
गन्तव्य नेपाल


0 प्रतिक्रिया

मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएकालाई मासिक ५ हजार

१ महिना अगाडि


१५ जेठ, काठमाडौं । सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक पाँच हजार दिने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै यस्ता बिरामीलाई औषधि उपचारका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको बताए । मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्चवापत मासिक ५००० उपलब्ध गराउन सो रकम छुट्याइएको मन्त्री शर्माले बताए । त्यसैगरी, आगामी वर्ष ६५५ वटा अस्पतालको निमार्ण सम्पन्न गर्न १० अर्ब छुट्टाइएको छ । सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध हुने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Advertisement

Leave a Reply

Your email address will not be published.