June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • काठमाडौंका मेयर बालेन साहले लिए शपथ, पदभार ग्रहण
गन्तव्य नेपाल


0 प्रतिक्रिया

काठमाडौंका मेयर बालेन साहले लिए शपथ, पदभार ग्रहण

४ हप्ता अगाडि

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् ।
नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.