June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • शिक्षा
  • मुगुको छायाँनाथ रारामा आइतबार विद्यालय बन्द नहुने
गन्तव्य नेपाल


0 प्रतिक्रिया

मुगुको छायाँनाथ रारामा आइतबार विद्यालय बन्द नहुने

४ हप्ता अगाडि

१८ जेठ, मुगु । छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् । नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा क्षेत्रमा असर पर्ने भन्दै आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । नगरपालिकाका अध्यक्ष भामका अनुसार शनिबारबाहेक अन्य दिन बिदा गर्दा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरिएको हो । शैक्षिक सत्र सुरु भएको करिब तीन साता बित्न लाग्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्याउन नगरपालिकाले ताकेत गरेको छ ।

Advertisement

जिल्लामा समयमै विद्यार्थीको हातमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । दुर्गम हिमाली जिल्ला मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको पहुँचसमेत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.