November 30, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • सार्वजनिक शौचालय प्रयोग गर्न दिने इच्छुकलाई ७ दिनभित्र सम्पर्क राख्न महानगरको आग्रह
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सार्वजनिक शौचालय प्रयोग गर्न दिने इच्छुकलाई ७ दिनभित्र सम्पर्क राख्न महानगरको आग्रह

६ महिना अगाडि

२२ जेठ, काठमाडौं । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ ।
होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि बसेको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णयलगत्तै कतिपयले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको सूचनासहितको बोर्ड राखेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

Advertisement

तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यका अनुसार यसलाई व्यवस्थित ढंगले लैजान खोजिएको छ । त्यसका लागि आफ्नो शौचालय प्रयोग गर्न दिन इच्छुकहरुसँग महानगरपालिकाले औपचारिक रुपमा सम्झौता नै गर्ने आचार्यले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.