December 7, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने

६ महिना अगाडि

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६÷६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने । एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.