June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • मन मिलेसम्म लभ, नमिले बलात्कार, हदम्याद राख्नैपर्छ : गंगा चौधरी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

मन मिलेसम्म लभ, नमिले बलात्कार, हदम्याद राख्नैपर्छ : गंगा चौधरी

३ हप्ता अगाडि

२३ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले यौन हिंसाको मुद्दामा हदम्याद हुनुपर्ने बताएकी छन् । पूर्वसभामुख कृष्णबहादुर महरा र पल शाह प्रकरणको उदाहरण दिंदै उनले हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने बताइन् । सोमबार प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै उनले भनिन्, ‘यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो केही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६÷६ महिनासम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’
पूर्व सभामुख महरा सभामुख रहेकै बेला संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । उक्त आरोपका कारण महरा ६ महिनासम्म जेल बसेका थिए । तर, पनि उनले अदालतबाट सफाइ पाएका थिए ।

Advertisement

पछिल्लो समय आएका घटनाहरु पनि उल्लेख गर्दै उनले हदम्यादको आवश्यकतामा जोड दिइन् । ‘पल शाहको कुरा आयो । जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिने । आफ्नो स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ?’ उनी थप्छिन्, ‘यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि न्याय कसरी पाउँछन् ? यो दृष्टिकोणबाट पनि हामीले हेर्न जरुरी छ ।’

महिला भएर महिलाको विरोध गरेको भनेर आफूलाई नभन्न पनि उनको आग्रह छ । ‘मलाई महिला हो महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म एउटा सांसद हुँ, देशको लागि कानुन निर्माण गर्न आएका छौं । यो कुरा बुझ्नुपर्छ, यो हेक्काका साथ मैले कुरा राखिराखेको छु’ चौधरीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.