July 4, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • यौन हिंसामा उजुरीको हदम्याद हटाउँदा दुरुपयोग हुनसक्छ : विश्वकर्मा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

यौन हिंसामा उजुरीको हदम्याद हटाउँदा दुरुपयोग हुनसक्छ : विश्वकर्मा

४ हप्ता अगाडि

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले यौन हिंसा सम्बन्धी अपराधमा उजुरी गर्ने हदम्याद हटाउने कि नहटाउने भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् ।
पीडितलाई न्याय दिन र पीडकलाई सजाय दिनका लागि हदम्याद राख्दा वा नराख्दा प्रमाण भेटिने आधार जेमा हुन्छ, त्यही व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अन्यथा कानुनी व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले बताए । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै विश्वकर्माले जतिसक्यो ढिलो उजुरी गर्यो, त्यति छिटो न्याय पाइने बताउँदै उनले आवेगमा र लहडमा कानुन बनाउन नहुने बताए ।
उनले भने, ‘जतिसक्यो ढिलो हामीले उजुरी गर्यौं, अथवा जति ढिलो हामी कानुनको ढोका ढकढकाउन गयौं, त्यति धेरै न्याय पाइन्छ भन्ने मान्यता मैले बुझ्न सकिराख्या छैन, म कानुनको विद्यार्थी हुँ ।’

Advertisement

जघन्य अपराधमा, जबर्जस्ती करणीमा, यौन हिंसामा जति छिटो उजुरी गर्न गयो, त्यति ज्यादा प्रमाणहरु भेटिने हुँदा अपराधिहरुलाई छिटोभन्दा छिटो दण्ड सजायको भागी बनाउन सकिन्छ भन्ने मान्यता अनुसार पुराना कानुन बनेको बताउँदै उनले अहिले त्यो मान्यता ठ्याक्कै उल्टो भएको जस्तो देखिएको बताए । उनले अगाडि भने, ‘त्यसैले यो प्रमाण भेटिने किसिमले, प्रमाण नगुम्ने किसिमले उपाय के हुनसक्छ ? अलि आवेगमा, अलि लहडमा नल्याऔं जस्तो लाग्छ ।’

नाबालिका, बालबालिका, वृद्ध, अशक्तहरुको हकमा भने विशेष व्यवस्था गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.