December 3, 2022, Saturday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • क्षेत्रीय आवश्यकता पूरा गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य जरुरी : देउवा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

क्षेत्रीय आवश्यकता पूरा गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य जरुरी : देउवा

६ महिना अगाडि

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय समस्या समाधान र आर्थिक साझेदारी वृद्धि गर्नका लागि बिमस्टेक सदस्य राष्ट्रबीच एकता र सहकार्य जरुरी पर्ने बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को २५औं वार्षिक उत्सवको अवसरमा नेपालका तर्फबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विकास र समृद्धिको क्षेत्रीय महत्वाकांक्षालाई सबैले आत्मसाथ गर्नुपर्ने बताए । देउवाले कोरोना महामारी संकटका कारण उत्पन्न गरिबी, बेरोजगारी, बढ्दो असमानता र जलवायु परिवर्तन सम्बन्धी समस्या बढेको भन्दै समाधानका लागि संयुक्त पहल गर्नुपर्ने बताएका छन् । संगठनको पाँचौं शिखर सम्मेलनसम्म आइपुग्दा दक्षिण एसिया र दक्षिणपूर्वी एसिया क्षेत्रका मुलुकबीच पुराना संस्कृति र सभ्यतालाई एकअर्कामा परिचित गराउने तथा पुनर्जीवित गराउनमा मद्दत गरेको उनको भनाइ छ । बिमस्टेक राष्ट्रका नागरिक तहको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन थप पहल गर्नुपर्ने प्रधानमन्त्री देउवाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ । त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्काले पनि छुट्टै सन्देश जारी गर्दै बिमस्टेक प्रक्रियालाई पुनर्जीवित गर्न ठोस परिणाम ल्याउने गरी क्षेत्रीय राष्ट्रहरूबीच सहकार्य गर्नुपर्ने बताएका छन् । सन् १९९७ जुन ६ मा स्थापना भएको बिमस्टेकमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, नेपाल र भुटान सदस्य छन् । यो क्षेत्रीय संगठनले दक्षिण र पूर्वी एसियालाई जोड्ने काम गरेको छ ।

Advertisement

गठबन्धनका रूपमा रहेको यो संगठनको उद्देश्य सदस्य राष्ट्रहरुबीच साझा सरोकारका विभिन्न विषयमा आपसी सहयोगमार्फत साझा समृद्धि हासिल गर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.