December 7, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं
गन्तव्य नेपाल


0 प्रतिक्रिया

लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं

६ महिना अगाडि

२४ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।
विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादवले विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए । ‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो ? कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो ? कसको हितका लागि पार्टी फोड्नुभयो ?’ उनले भने, ‘उहाँहरूलाई केही भेटिएन । मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’ प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.