December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • घनश्याम भूसालमाथि कारबाही सिफारिस पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : पोखरेल
गन्तव्य नेपाल


0 प्रतिक्रिया

घनश्याम भूसालमाथि कारबाही सिफारिस पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : पोखरेल

६ महिना अगाडि

२४ जेठ, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भूसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भूसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए । उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफल पश्चात निर्णय लिइने बताए ।
यस्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समीक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए । पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाई छ । कोही पनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए । उनले भने, ‘यतिबेला नेकपा(एमाले) एकतावद्ध भएर अगाडी जानुपर्छ । हामी आवेग, उत्तेजनामा होइन कोहीपनि आउनु हुदैनँ । र पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ ।’ उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टीपंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.