December 3, 2022, Saturday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

काठमाण्डौबाट चुनाब लड्ने मानुसीको तयारी

६ महिना अगाडि

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन् । काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ । भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको बताइन् । ‘पार्टीभित्र पनि युवा अगाडि आउनुप¥यो, व्यवस्थापिकामा उपस्थिति जनाउनु प¥यो, अलि तयारी गर्नु प¥यो भन्ने सुझाव आयो’ उनले भनिन्, ‘म तयारै छु भन्ने खालको कुरा मैले राखेँ ।’ आफ्नो उम्मेदवारीको विषय प्रारम्भिक छलफलमा रहेकाले कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने नटुंगिएको उनको भनाइ छ । ‘प्रारम्भिक छलफल भर्खर सुरु भएको छ । साथीहरुले निर्वाचन क्षेत्र नम्बर ५ अथवा ७ भन्नुभएको छ । छलफल गरेर टुंग्याउने कुरा भएको छ’ भट्टराईले भनिन् । यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीकी नेता तथा मानुषीकी आमा हिसिला यमी काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएकी थिइन् । तर २०७० सालको संविधानसभामा सोही क्षेत्रमा पराजित भएकी थिइन् । त्यसपछि भने हिसिलाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेकी छैनन् ।

Advertisement

मानुषीका बाबु डा. बाबुराम भट्टराई भने २०६४ र २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भए भने २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

हाल जसपाको केन्द्रीय सदस्य रहेकी मानुषी संसदलाई राजनीतिक संस्कारयुक्त बनाउन आफू चुनाव लड्न चाहेको बताउँछिन् । निर्वाचनमा दलको उम्मेदवार बन्ने वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने प्रश्नमा मानुषीले आफू संगठित राजनीतिमा विश्वास गर्ने बताइन् । ‘म त संगठित राजनीतिमै विश्वास राख्ने मान्छे हुँ,’ उनको भनाइ छ, ‘एक्लै–एक्लै पनि सबै चिज सम्भव हुँदैन ।’ सामाजिक न्यायका विषयमा भने पार्टीभित्र र बाहिरका नयाँ पुस्तासँग सहकार्य हुने उनको भनाइ छ । राजनीतिमा पुस्तान्तरण मागेर नहुने भन्दै त्यसका लागि पार्टीभित्रै विद्रोहको आवश्यता रहेको मानुषीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.