December 8, 2022, Thursday
1:37:26 pm

Trending
  • समाचार
  • फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीकै पहल आवश्यक : गगन थापा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीकै पहल आवश्यक : गगन थापा

६ महिना अगाडि

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा विशेष पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्रै यहाँको फोहोरको व्यवस्थापन गर्न नसक्ने बताए ।

Advertisement

फोहोर व्यवस्थापनका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्न, आवश्यक कानुनी प्रबन्ध मिलाउने काममा विशेष पहल गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरे । उनले सो अभियानमा साथ दिन काठमाडौं महानगरपालिकाका सबै वडाका जनप्रतिनिधिहरु र महानगरबासीलाई पनि अपिल गरे ।
‘काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको काममा मद्धत गर्नु हामी सबैको कर्तव्य हो । तर कतिपय कुरा दुईटा निकायले मात्रै चाहेर गर्न सकिने अवस्था छैन’ उनले भने, ‘कति स्रोत साधनको कुरा गर्न, कानुन, नियमको गाँठो फुकाउन सम्माननीय प्रधानमन्त्रीज्यूले नै पहलकदमी लिनुपर्नेछ ।’

महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै रुपमा राखि दिन र त्यहाँका जनप्रतिनिधिहरुले त्यसका लागि आवश्यक सूचना पु¥याउन सके काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियान सफल हुने महामन्त्री थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.