December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • बिहीबारसम्म हाम्रो सपथ हुन्छ : मेटमणि चौधरी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

बिहीबारसम्म हाम्रो सपथ हुन्छ : मेटमणि चौधरी

६ महिना अगाडि

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बिहीबारसम्म मन्त्री हेरफेर हुने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे ।
‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दा खेरि जसपाका साथीहरुले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि समय चाहिन्छ भनेपछि केही दिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथ ग्रहण भोलि पक्कै हुन्छ’ उनले भने ।
उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

Advertisement

‘माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौं, दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । सकभर आज नभए भोलि ग्यारेन्टी हुन्छ’ नेता चौधरीले भने । नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई पठाउने तयारी गरेको छ । त्यस अनुसार मन्त्री बन्ने नेताहरुको नाम एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ । नेता चौधरीको नाम शहरी विकास मन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.