June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • १२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज दिइने
गन्तव्य नेपाल


0 प्रतिक्रिया

१२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज दिइने

३ हप्ता अगाडि

२६ जेठ, काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज भोलि (शुक्रबार) बाट सञ्चालन गरिने बताए । ‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोर्डना तथा फाइजर जुन लगाएपनि हुन्छ,’ दाहालले अनलाइखबरसँग भने,’ पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यलयमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छौं ।’
फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.