June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि भारत निर्यात
गन्तव्य नेपाल


0 प्रतिक्रिया

मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि भारत निर्यात

२ हप्ता अगाडि

२६ जेठ, काठमाडौं । मस्र्याङ्दी र मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन थालेको छ । योसँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारबाट मर्स्याङ्दी र बिहीबारबाट मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाएको हो । बिहीबार मात्रै २८४ मेगावाट बिजुली भारत निर्यात हुनेछ । यो करिब ६८ लाख ३१ हजार ६०० युनिट बराबर हो । यसबाट नेपालले एक दिनमै ७ करोड ५२ लाखसम्म आम्दानी गर्नेछ । त्रिशुलीबाट २३, देवीघाटबाट १४.३९ मेगावाट, कालिगण्डकीबाट १३८.९१ मेगावाट मर्स्याङ्दीबाट ६६.१४ मेगावाट, मध्यमस्र्याङ्दीबाट ४१.८१ मेगावाट बिजुली भारत जानेछ । सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्यूनतम् ४ रुपैयाँमा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट ११.०२ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुन्छ । प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाइरहेको हो । भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी कारण पंखा र एसीको प्रयोगले माग उच्च हुने गरेको छ ।
रातमा खेर जाने बिजुली नै बेच्न सक्ने अवस्था रहेकाले प्राधिकरणले राम्रो मूल्य पाएको अधिकारीहरु बताउँछन् । भारतले अहिलेसम्म नेपाललाई ३६४ मेगावाटका आयोजनाका बिजुलीलाई भारत निर्यात गर्न अनुमति दिएको छ । मनसुन सुरु भएपछि नेपालले भारतबाट अनुमति पाएका सबै आयोजनाबाट बिजुली निर्यात गर्नेछ । यसअनुसार नेपालले वर्षयाममा दैनिक १० करोडभन्दा बढीको बिजुली बेच्न सक्ने देखिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.