November 30, 2022, Wednesday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • आँबुखैरेनीमा पहिरोले अवरुद्ध सडक खोल्न भित्तो खार्न थालियो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

आँबुखैरेनीमा पहिरोले अवरुद्ध सडक खोल्न भित्तो खार्न थालियो

६ महिना अगाडि

२७ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक बिहान पहिरोले सडक भत्केपछि अवरुद्ध यातायात सञ्चालनका लागि भित्तो खार्न थालिएको छ ।
निरन्तर वर्षाका कारण आधा सडक नदीमा खसेपछि यातायात अवरुद्ध भएको छ । भित्तो खारेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । ‘डेढ मिटरसम्म भित्तो काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ कि भन्ने छ’, उनले भने, ‘बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।’ सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ । सडक भासिएको ठाउँमा एउटा कार र मोटरसाइकल समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरोसँगै मोटरसाइकल खसे पनि चालक भने सकुशल भेटिएका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.