काठमाडौं, ५ असार । काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिव विक्रम राणा पुनः नियुक्त भएका छन्। बोर्डको कार्यकारी निर्देशक छनोट सिफारिस समितिले चार जनालाई सर्टलिस्टु गरेको थियो।
बोर्डले गत चैत ६ गते सार्वजनिक सूचना जारी गरेर कार्यकारी निर्देशक माग गरेको थियो। सिफारिस समितिको ४ गतेको निर्णयअनुसार कार्यकारी निर्देशकमा राणा छनोट भएका हुन्। वैकल्पिक उमेद्वारमा अर्जुनबाबु ढकालको नाम सिफारिस गरिएको छ।
बोर्डले शुक्रबार सूचना जारी गरेर सात दिनभित्र नियुक्ति पत्र बुझ्न भनेको छ। कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुने छ।
मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन
मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।
वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।
छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ
दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु । सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।
सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।
राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ
विदेशी एयरलाइन्सको अनुगमन आवश्यक
– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।
यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स
प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन
सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।
ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि
उत्साहित बनाउने कुरै छैन
समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।
योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो । महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।
एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)
अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ
बैशाख १२ को भूकम्पले हामीलाई विनाश गर्यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्यौ । त्यसकारण यो दिनलाई हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।
अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।
मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर
सम्झौता कार्यान्वयन गर्नुस्
चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ ।
पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन ।
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् ।
कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)
विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ
नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् ।
पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ ।
कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ
टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ
टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ ।
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ ।
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ ।
शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन
बजेटले खासै उत्साह दिन सकेन
आर्थिक वर्ष २०७२०७३ को बजेटमा सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि खासै उत्साहजनक रुपमा कार्यक्रम र बजेट छुट्याएको देखिँदैन । सरकारको कार्यक्रम र बजेट अध्ययन गर्दा तीन÷चारवटा महत्वपूर्ण कुरामा ध्यान नदिएको देखिन्छ ।
पहिलो कुरा पर्वतीय पर्यटनलाई पुनरुत्थान योजनाअन्तर्गत राखेर पुनर्निर्माण गर्नुपथ्योर्, त्यो कुरा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र प्रभावित क्षेत्रहरुको पुनरुत्थानका लागि बजेट विनियोजन भएको पाइएन । साहसिक र पर्वतीय पर्यटनको पुनरुत्थानका लागि संसद्को विकास समितिले पर्यटन विकासका लागि सिफारिस गरेको कुरालाई समेत बजेटले छोएको छैन ।
अकोर् कुरा भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रमा आबद्ध दुई लाख मजदुर विस्थापित भएको अवस्था छ । ठूलो संख्याका मजदुरहरुलाई सम्बोधन गनेर्गरी बजेट छुट्याउनुपथ्योर् त्यो पनि छैन । त्यस्तै पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी र लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने कुरामा बजेट मौन छ । उपल्लो मुस्ताङलगायतका क्षेत्रमा रोयल्टी छुट्याउन सरकारले पहल गरेन ।
राज्यले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बोकेको पर्यटनलाई नजरअन्दाज गरेको प्रष्ट छ । तर यो क्षेत्रलाई जति प्राथमिकता दिनुपथ्योर् त्यो पाइँदैन । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा संवेदनशील देखिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजेटबाट हामी उत्साहित हुने अवस्था छैन ।
रमेश धमला, अध्यक्ष -टान