काठमाडौं उपत्यका खानेपानी बोर्डको कार्यकारी निर्देशक राणा नियुक्त

काठमाडौं, ५ असार । काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिव विक्रम राणा पुनः नियुक्त भएका छन्। बोर्डको कार्यकारी निर्देशक छनोट सिफारिस समितिले चार जनालाई सर्टलिस्टु गरेको थियो।
बोर्डले गत चैत ६ गते सार्वजनिक सूचना जारी गरेर कार्यकारी निर्देशक माग गरेको थियो। सिफारिस समितिको ४ गतेको निर्णयअनुसार कार्यकारी निर्देशकमा राणा छनोट भएका हुन्। वैकल्पिक उमेद्वारमा अर्जुनबाबु ढकालको नाम सिफारिस गरिएको छ।
बोर्डले शुक्रबार सूचना जारी गरेर सात दिनभित्र नियुक्ति पत्र बुझ्न भनेको छ। कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुने छ।
तपाईंको बिचार