Wednesday, December 1, 2021

नयाँ बर्षमा पर्यटनले नयाँ उचाई चुमोस

प्रकाशित मिति: 2021/04/13

बिशेष प्रकाशकिय
–शिव अधिकारी ‘अबिरल’ ।

चैत्र ३१, काठमाण्डौ । नयाँ बर्ष २०७८ सुरुवातीको संघारमा आईपुग्दा नेपाली राजनीति र पर्यटन दुबै क्षेत्र संकटको स्थीतिमा छ । सन २०१९ को डिसेम्बरबाट सुरु भएको बिश्वव्यापी कोरोनाको असरले छाडेका प्रभाव सबैभन्दा बढि मुलुकको लागि पर्यटन क्षेत्रमा परेको यथार्थ हो । कोरोनाबाट बच्न अबलम्बन गरिएको लकडाउन सबैभन्दा सुरुमा पर्यटन क्षेत्रमा पर्यो भने सबैभन्दा अन्तीम समयसम्म यसको प्रभाव पर्यटन क्षेत्रमै रह्यो । अघिल्लो बर्ष चैत्र ११ गतेबाट सुरु भएको लकडाउन ६ महिनाभन्दा लामो बन्दाबन्दी पछि क्रमशः मुलुकभित्रका आर्थिक गतिबिधी चलायमान भएपनि अहिले फेरी कोरोनाको दोस्रो कहरको हल्लाले छाडेका प्रभावको सुरुवाती असर पर्यटनमै पर्नुले पर्यटन क्षेत्र अस्थीरता र अनिश्चयको पथमा लम्कीरहेको छ ।
राजनीतिक रुपमा गरिने कुनै पनि निर्णयले मुलुकभित्रका आर्थिक गतिबिधीमा प्रत्यक्ष प्रभाव पार्दछ । अहिले राजनीतिक रुपमा सरकार परिवर्तनको खेलमा मात्रै राजनीतिक दलहरु केन्द्रित हुँदा मुलुकको प्रमुख आर्थिक क्षेत्र पर्यटन भने पुनः मुक्र्षित अवस्थामा पुगेको छ ।
लामो समयको बन्दाबन्दीपछि पर्यटक नेपाल भित्राउने योजना सरकारले बनाएको थियो । तर अघिल्लो बर्ष २०२० मा २० लाख पर्यटक भित्राउने योजना बनाएको सरकारले लकडाउन खुलेको लामो समयसम्म पनि पर्यटन क्षेत्रलाई यथोचित सम्बोधन गर्न सकेन । फलस्वरुप आज हजारौँको संख्यामा रहेका पर्यटन मजदुरहरु बिकल्प खोज्दै अन्यन्त्र पलायन हुन बाध्य पारिए । जुन अहिलेसम्म पनि जारी छ ।
कोरोना कहरमा अहिलेपनि पुनः लकडाउनको संभावना औल्याँउदै पर्यटन व्यावसायीहरुलाई आतंकित पार्ने काम सुरु भैसकेको छ । लामो समयसम्म मुक्र्षित रहेको पर्यटन व्यावसाय अन्र्तगत पर्यटक भित्राउने त भनियो, तर भिसा प्रावधान र क्वारेन्टाईन जस्ता मुद्धामा सरकारले स्पष्ट मापदण्ड बनाउन नसक्दा नेपाल आउन चाहने पर्यटकहरु समेतले गन्तव्य फेर्न सुरु गरे । फलस्वरुप पर्यटन व्यावसायीहरु सटर बन्द गरेर कहिल्यै नर्फकने गरी रिङआउट भए । हजारौँको रोजीरोटी खोसियो, बिसौँ बर्ष पर्यटनमा व्यतित गरेको उर्जाशिल मानब संसाधन अन्यत्रैं मोडिन बाध्य भएपनि सरकार राज्यस्रोतको मुख्य अंग पर्यटन भनेर भाषण गर्न भर्न आतुर छ । जुन सक्रियता यस क्षेत्रका व्यावसायीहरुको पेशागत सुरक्षामा खर्चनु पथ्र्यो, त्यसो नगरेर व्यावसायीहरुलाई हतोत्साहितको मार्गमा धकेल्नु बर्ष २०७७ का काला पाटाहरुका रुपमा रहन पुग्यो । एउटा उर्जाशिल पंक्ति पर्यटन बाट बाहिरैदा गर्दा त्यक्तिकै संख्यामा अर्को जनशक्ति तयार गर्न कति समय र पैशा खर्चनुपर्छ भन्ने सरकारले बिर्सियो, जसको असर आगामी केही दशकसम्म मुलुकले बेहोर्नुपर्नेछ ।
केबल राजनीतिक अंकगणित र पदलोलुप प्रबितीलाई संरक्षण गर्नु मात्रै नेतृत्वको दायित्व मान्न सकिदैन ।
नयाँ बर्ष २०७८ सुरु हुँदै गर्दा कोरोनाको दोस्रो कहर देखाएर फेरी बन्दाबन्दीको आतंक श्रृजना गर्न खोजिदैछ । तर त्यसभन्दा पहिला कोरोना नै सुरु नभई पहिलो पटक गरिएको बन्दाबन्दीले मुलुकको अर्थव्यवस्थामा केकति असर गर्यो र त्यसको प्रभावकारिता शुन्य भएको स्थीतिलाई भुलेर फेरी पनि नागरिकलाई आतंकित बनाईरहने हो भने पेशा गरी खाने बर्गको जनजिबिकाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्दछ । यदि त्यसो हुन सक्दैन भने आम व्यावसायी र मजदुरहरुले त्यसको प्रतिकार गर्न समेत पछि पर्नु हुँदैन ।
मुलुकका आर्थिक गतिबिधीमा प्रमुख हिस्सा ओगट्ने पर्यटन क्षेत्रलाई भाषणबाजीमा मात्रै सिमित नगरी मुक्र्षित पर्यटन क्षेत्र उकास्न सरकारको ध्यान पुगोस । हामी व्यावसायीहरुले पनि सरकारलाई आफ्ना मागहरु एकिकृत रुपमा सम्बोधन गर्नका लागि पहल एकिकृत पहल गर्नु जरुरी छ । नयाँ बर्षमा हामी सबैलाई नयाँ उर्जा थपियोस । मुलुकको राजनीति सङ्लो बन्दै पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकार र व्यावसायीबिच हातेमालो गर्दै अगाडि बढ्ने बातावरण तयार हुन सकोस । सबैमा शुभकामना ।

तपाईंको बिचार