नेप्सेमा केही सुधार
साउन २७, काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जमा झिनो सुधार आएको छ । आज नेप्से ०.१३ अंकले बढेर १ हजार २ सय ३३.८५ अंकमा पुगेको छ । नेप्से बढेको दिन सेन्सेटिभ इन्डिेक्स्ट पनि ०.१२ अंकले बढेर २ सय ६७.७२ अंकमा पुगेको हो ।
आज बजारमा १ सय ७१ कम्पनीका १८ लाख २१ हजार ८२२ कित्ता सेयर ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा कारोबार भयो । नेप्सेमा सुधार आएको दिन बजारमा १२ वटा समूहगत उपसूचकमध्ये ७ समूह उकालो लागेका छन् भने बाँकी ५ समूह ओरालो लागे । होटल समूह सर्वाधिक २०.५९ अंकले उकालो लाग्यो भने निर्जीवन बिमा समूह सर्वाधिक ३४.३२ अंकले ओरालो लाग्यो ।
साताको दोस्रो दिन बजारमा रसुवागढी हाइड्रो पावरको कारोबार सबैभन्दा धेरै भयो । यस दिन कम्पनीको सेयर २ करोड ५९ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । नाडेप लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर ९.८९ प्रतिशतले बढेको हो । त्यसैगरी, बिशाल बजार कम्पनिका लगानीकर्ताले सर्वाधिक ५.२६ प्रतिशत सेयर मूल्य गुमाए ।
तपाईंको बिचार